आइतबार, भदौ ७, २०८३

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

बर्दिया- अत्यधिक गर्मीका कारण यहाँको गुलरिया नगरपालिकाका  विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ। यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो।

गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप छ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिए। वर्षे बिदाबाट कट्टा हुने गरी, विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको शिक्षा शाखा प्रमुख यादवले बताए।

अत्यधिक गर्मीका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेको छ। बिरामीको चापले अस्पतालमा शैय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताए। उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामीको सङ्ख्या दिनप्रति दिन बढिरहेका छन्।

गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढेको डा पाण्डेले बताए। बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरा पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: Jun 01, 2024| 12:01 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्