शनिबार, वैशाख १९, २०८३

मधेसका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

National life

काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिएका छन्।

जनकपुरमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘मैले अहिलेसम्म  इमानदारी र निष्पक्ष रुपमा काम गर्दै आएको छु। जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने दिन तय भएको प्रस्ताव रहेको छ।’

१०७ सदस्यीय मधेस प्रदेश सभामा १० दल सहभागी छन्। सरकार गठन गर्न प्रदेश सभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेकपा (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ९, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा (एकीकृत समाजवादी ) का सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद छन्।

प्रकाशित: May 27, 2024| 19:02 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्