बिहीबार, जेठ २९, २०८२

देशभर बन्यो ३४ हजार दुई सय ६७ किलोमिटर सडक

 |  आइतबार, जेठ १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

vianetvianet
National life insurance

काठमाडौं- सडक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताका राखेको सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमा सडक पूर्वाधार निर्माणमा उल्लेख्य सफलता हासिल भएको उल्लेख छ।

गत फागुनसम्म देशभर १८ हजार दुई सय ४१ किलोमिटर सडक कालोपत्रे  भएको छ। यस्तै, सात  हजार छ सय ९७ किलोमिटर ग्राभेल र आठ हजार तीन सय २९ किलोमिटर सडक कच्ची रहेको तथ्याङ्क छ। कूल सडकमध्ये ५३ दशमलव दुई प्रतिशत कालोपत्रे, २२ दशमलव दुई प्रतिशत ग्राभेल र २४ दशमलव तीन प्रतिशत कच्ची छ।

प्रकाशित: May 26, 2024| 20:34 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्