बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल-भारत सीमानाकामा खटिएका २७ कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

नेपाल-भारत सीमानाकामा खटिएका २७ कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

कञ्चनपुर- नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत ६ महिनादेखि तलब पाएका छैनन्।

National life

सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो।

कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ।

पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेमराज जोशीले बताए। 'यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन्', उनले भने, 'माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ।'

त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताए। 'किट प्रदेश र संघ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ', जोशीले भने, 'केही समयअघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ।'

Laxmi sunrise bank
kumari

उनले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिए।

सीमानाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कोरोना परीक्षणका साथै एचआईभी, क्षयरोग, मलेरिया, डेङ्गुलगायतका रोगको नमुना जाँच हुने गरेको छ। त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ। रासस

प्रकाशित: May 26, 2024| 18:31 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्