शनिबार, साउन १२, २०८१

रोकिराखेको बसमा ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

भारत उत्तर प्रदेशको शाहजहाँपुरस्थित एक ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप १० जना घाइते भएका छन्।

triton college

गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको थियो। शाहजहाँपुरका एसएसपी अशोक कुमार मीनालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बसमा ट्रक ठोक्किँदा बसमा सवार धेरैजना फसेका थिए।

बसमा श्रद्धालुहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा नै बसिरहेका थिए। त्यति नै बेला गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्किएको थियो।

घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा हुन्।

प्रकाशित: May 26, 2024| 13:52 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्