आइतबार, भदौ ७, २०८३

बजेट मंगलबार दिउँसो १ बजे सार्वजनिक हुने

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पर्सी मंगलबार दिउँसो १ बजे सार्वजनिक हुने भएको छ। संघीय संसद्‍का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्।

यसका लागि सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका छन्। हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

आजको प्रतिनिधि सभाले प्रतिपक्षी सांसदको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रकाशित: May 26, 2024| 13:15 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्