बुधबार, वैशाख २, २०८३

सहकारी ठगलाई जोगाउन सत्ताले षड्यन्त्र गरेको छ: केसी

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

National life
kumari

काठमाडौं- राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाउन सत्ता पक्षले षड्यन्त्र गरिरहेको बताउँदै यो लोकतन्त्रमाथिको आक्रमण भएको बताएका छन्।

नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गरेर पनि सरकारको अकर्मन्यताका कारण छलफलमा भाग नलिई उनले सहकारी प्रकरणमा आफ्नो धारणा राखेका हुन्।

केसीले भने, 'सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो। गणतन्त्रमाथिको आक्रमण हो। त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन।'
 

प्रकाशित: May 26, 2024| 12:33 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्