बिहीबार, पुस १०, २०८२

गेमिङ जोनमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

भारत गुजरातको राजकोट शहरस्थित गेमिङ जोन (बालबालिका खेल्ने ठाउँ) मा आगलागी हुँदा मृत्यु हुनेको संख्या २८ पुगेको छ। ज्यान गुमाउनेमा १२ जना बालबालिका छन्।

National life

राजकोटको कालावड रोडस्थित टीआरपी गेमिङ जोनमा शनिबार अपरान्ह करिब ४ बजे लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो।

घटनास्थलबाट २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ। मृतकको पहिचान गर्न मुस्किल रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ।

प्रत्यक्षदर्शीका अनुसार गेमिङ जोनको केही स्थानमा मर्मत र स्तरोन्नतिको काम भइरहेको थियो। त्यसैले प्लाइ र काठका टुक्रा यत्रतत्र छरिएका थिए। त्यही बेला एक्कासि आगो देखिएको थियो।

आगलागीको कारण खुलिसकेको छैन। आगलागी यति भयंकर थियो कि पाँच किलोमिटर टाढाबाट पनि धुवाँको मुस्लो देखिएको थियो।

Laxmi sunrise bank
kumari

गेम जोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि गुजरात सरकारले राज्यभरका सबै गेम जोन बन्द गर्न निर्देशन दिएको छ।
 

प्रकाशित: May 26, 2024| 06:38 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्