आइतबार, भदौ ७, २०८३

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

एफए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ। गए राति वेम्बलीमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो।

युनाइटेडको जितका लागि एलेजान्ड्रो गर्नाचो र कोबी माइनोले गोल गरे। गर्नाचोले खेलको ३० औँ र माइनोले ३९ औँ मिनेटमा गोल गरेका हुन्। सिटीका लागि जेरेमी डोकुले एक गोल फर्काए। उनले खेलको ८७ औँ मिनेटमा गोल गरेका थिए।

अघिल्लो सिजन सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएर उपाधि जितेको थियो। सिटी यो सिजनको प्रिमियर लिग च्याम्पियन टोली पनि हो।

प्रकाशित: May 26, 2024| 06:26 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्