आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

छैटौँ पटक सर्‍यो कांग्रेस महाधिवेशन, यस्तो छ शृंखला

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ।
 |  शनिबार, साउन ३०, २०७८
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन छैटौँ पटक सरेको छ। बिहीबारदेखि सभापति निवास बूढानीलकण्ठमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक छैटौँ पटक सरेको हो। 

triton college

यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो। कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १२ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए। क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ। 

कृयाशील सदस्यको अन्तिम नामावली  बुझाउने : भदाै २

निर्वाचन निर्देशिका बुझाउने : भदाै २

वडा अधिवेशन :  भदाै १८

Metro Mart
vianet

गाउँ/नगरपालिका अधिवेशन :  भदौ २७

प्रदेश  क्षेत्र  क/ख अधिवेशन :  असोज १

संघीय निर्वाचन  क्षेत्र  अधिवेशन : असाेज ५ [एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पनि असोज ५ गते नै अधिवेशन हुनेछ।)

जिल्ला अधिवेशन :  असाेज १०

प्रदेश अधिवेशन :  कात्तिक १०-१२

केन्द्रीय अधिवेशन : मंसिर ९-१३

यसअघि ५ पटक सर्‍यो महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसको विधान, २०१७ (नवौँ संशोधनसहित) को धारा १७ को उपधारा (१) मा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने व्यवस्था छ। २०७२ फागुन २० गतेदेखि २३ गतेसम्म भएको १३औं महाधिवेशनबाट निर्वाचित सबै कार्यसमितिको पदावधि पूरा हुने समय नजिकिँदै गरेका बेला २०७६ फागुन ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय समिति र मातहतका सबै कार्यसमितिको म्याद १ वर्ष थप्ने निर्णय गरेको थियो। यस्तै २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो। 

उक्त बैठकले १४औं महाधिवेशनको कार्यतालिका ल्याएको पनि थियो।

यस्तो थियो पहिलो कार्यतालिका  

गाउँ/नगर वडा अधिवेशन : २०७७ मंसिर ९

गाउँ/नगरपालिका अधिवेशन : २०७७ मंसिर ११ 

प्रदेश सभा क्षेत्रीय अधिवेशन : मंसिर १५

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन : मंसिर १७  

जिल्ला अधिवेशन मंसिर : २५ 

प्रदेश अधिवेशन : पुस १५ 

केन्द्रीय महाधिवेशन : ०७७ फागुन ७ देखि १० सम्म, काठमाडौं।  

महाधिवेशन कार्यतालिका आएको एक महिनापछि नै उक्त कार्यतालिका परिमार्जन गरियो। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको दबाबमा केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्ला तहका अधिवेशन केही अघि सार्ने निर्णय २०७६ माघ १३ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो। 

000

यसरी परिमार्जन भयो पहिलो पटक १४औँ महाधिवेन कार्यतालिका

गाउँ/नगर वडा अधिवेशन : ०७७ कात्तिक १६ 

गाउँ/नगरपालिका अधिवेशन कात्तिक : १८  

प्रदेश सभा क्षेत्रीय अधिवेशन : कात्तिक २१ 

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक/मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन : कात्तिक २३  

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : कात्तिक २५  

प्रदेश अधिवेशन : मंसिर २९ 

केन्द्रीय महाधिवेशन : फागुन ७ देखि १० काठमाडौं

000

महाधिवेशनको मिति तय गरेको केही समयपछि विश्वभर कोरोना भाइरसको संक्रमण फैलियो। त्यसको असर कांग्रेस महाधिवेशनको तयारीमा समेत पर्‍यो। कोरोना महामारी फैलिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले २०७६ चैत ८ गते क्रियाशील सदस्यता वितरण र नवीकरणका काम ०७६ चैत मसान्तसम्मका लागि स्थगित गर्न सर्कुलर जारी गरे। पछि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले ६ महिनाभन्दा बढी लकडाउन जारी गर्‍यो। जसकारण महाधिवेशन तयारीका कुनै पनि काम अघि बढ्न सकेनन् र तेस्रो पटक कार्यतालिका परिमार्जन गरियो। २०७७ असार २२ गते बसेको केन्द्रीय समितिले कार्यतालिका तेस्रो पटक परिमार्जन गरेको थियो।  

यस्तो थियो तेस्रो पटक परिमार्जित कार्यतालिका

गाउँ नगर वडा अधिवेशन : ०७७ पुस ६ गते 

गाउँ/नगरपालिका अधिवेशन : पुस ८ 

प्रदेशसभा क्षेत्रीय अधिवेशन : पुस ११  

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : पुस १३ 

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : पुस १६  

प्रदेश अधिवेशन : माघ ६ 

केन्द्रीय अधिवेशनः : ०७७ फागुन ७ देखि १० काठमाडौं 

000

तेस्रो पटक परिमार्जन गरिएको कार्यतालिका अनुसार पनि काम अघि बढ्न सकेन। पार्टीको विधान अनुसार एक वर्षका लागि थप गरिएको केन्द्रीय समिति र मातहतका समितिको कार्यकाल समेत सकिने अवस्था उत्पन्न भयो। सोही कारण ०७७ फागुन ५ गते बसेको केन्द्रीय समितिको बैठकले कार्यसमितिको म्याद संविधानको धारा २६९ को उपधारा ४ (ख)को प्रतिबन्धात्मक व्यवस्थामा टेकेर ६ महिना थप गर्ने निर्णय गरेको थियो। 

त्यसको भोलिपल्ट (फागुन ६) बसेको केन्द्रीय समितिको बैठकले चौथो पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको थियो।  

यस्तो थियो चौथो पटक परिमार्जन गरिएको कार्यतालिका

गाउँ/नगर वडा अधिवेशन : ०७८ असार ५ गते 

गाउँ/नगर अधिवेशन : असार ७ 

प्रदेशसभा क्षेत्रीय अधिवेशन : साउन १  

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन ३ 

एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन : साउन ६ 

प्रदेश अधिवेशन साउन : १० र ११  

केन्द्रीय अधिवेशन : भदौ ७ देखि १०सम्म काठमाडौंमा। 

000

महाधिवेशन गर्ने कांग्रेसको चौथो प्रयास समेत असफल बन्यो। क्रियाशील सदस्यता वितरण र नवीकरणको कामले अपेक्षाकृत रुपमा गति लिन सकेन। फलस्वरुप पाँचौँँ पटक कार्यतालिका परिमार्जन गर्ने निर्णयमा कांग्रेस पुग्यो। गत असार ४ गते बसेको केन्द्रीय समितिको बैठकले पाँचौँ पटक कार्यतालिका परिमार्जन गर्ने निर्णय गर्‍यो।

यस्तो थियो पाँचौँँ पटक परिमार्जित कार्यतालिका 

क्रियाशीलको अन्तिम सूची सभापतिलाई बुझाउने मिति : असार २०  

क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने मिति : असार ३०

गाउँ/नगर वडा अधिवेशन : साउन १२ 

गाउँ/नगर अधिवेशन : साउन १६ 

प्रदेशसभा क्षेत्रीय अधिवेशन : साउन २० 

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक माात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन : २३  

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २६

प्रदेश अधिवेशन : भदौ १ र २ 

केन्द्रीय अधिवेशन भदौ : १६ देखि १९ 

प्रकाशित: Aug 14, 2021| 19:05 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...