आइतबार, भदौ ७, २०८३

अभ्यास खेलमा नेपाल विजयी

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टनमा स्थानीय टिमसँगको अभ्यास खेलमा ६ रनको जित निकालेको छ।

प्रेरी भ्यु क्रिकेट मैदानमा भएको खेलमा शुक्रबार राति नेपालले १ सय ४७ रनको मध्यम लक्ष्य जोगाउँदै जित हासिल गरेको हो।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको ह्युस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाएको थियो। ह्युरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए। त्यस्तै, रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले समान एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। नेपालका लागि अनिलकुमार शाहले ३० बलमा ४७ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले २३ रन तथा गुलसन झाले २० रन बनाए।

नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार खेल्ने कार्यतालिका रहेको छ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्ने छ।

विश्वकपमा भने नेपालले आफ्नो पहिलो खेलमा २२ जेठमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ।

प्रकाशित: May 25, 2024| 08:43 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्