बिहीबार, पुस १०, २०८२

राजस्थानलाई पराजित गर्दै हैदरावाद आईपिएलको फाइनलमा

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

काठमाडौ‌- सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो।

National life

हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो।

राजस्थानलाई पराजित गर्ने क्रममा हैदरावादका शहबाज अहमदले तीन र अभिषेक शर्माले २ विकेट लिए।  त्यस्तै कप्तान प्याट कमिन्स र नटराजनले एक/एक विकेट लिए।

राजस्थानका लागि  ध्रुव जुरेलले अर्धशतक हाने। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए।

ओपनर यशश्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ४२ रन जोडे।

Laxmi sunrise bank
kumari

एमए चिदम्बरम स्टेडियम चेन्नईमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। त्यस क्रमममा हेनरिच क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए।

पराजित भएको राजस्थान आइपिएलबाट बाहिरिएको छ। विजयी भएको हैदरावादले कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ। फाइनल खेल भोलि हुनेछ।

प्रकाशित: May 25, 2024| 06:13 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्