आइतबार, भदौ ७, २०८३

आईपीएलबाट बाहिरियो आरसीबी

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ चरणको दोस्रो समीकरण (इलिमिनेटर)मा रोयल च्यालेनजर्स बैग्लोर (आरसीबी) पराजित बनेको छ।

बुधबार रातिको खेलमा रोयल राजस्थानसँग आरसीबी हारेको हो। आरसीबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटाएको हो।

जितका लागि राजस्थानका यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौकासहित सर्वाधिक ४० रन बनाए। यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहलर-क्याडमोरले २० रन बनाए।

आरसीबीका लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकी फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो। आरसीबीका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो।

यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराइजर्स हैदराबादविरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रबार खेल्नेछ।

हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित: May 23, 2024| 07:58 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्