बिहीबार, पुस १०, २०८२

युरोपा लिगको उपाधि एटलान्टालाई

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ। बुधबार राति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो।

एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक गर्न सफल भए। खेलको १२औँ मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए। उनले डेभिड जापाकोस्टाको सहयोगमा गोल गर्दै सुरुआती अग्रता दिलाए। २६औँ मिनेटमा लोकमनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एटलान्टा पहिलो हाफमा २–० को सहज अवस्थामा पुगेको थियो।

यस्तै, खेलको ७६औँ मिनेटमा लोकमनले ह्याट्रिक पूरा गरेपछि एटलान्टा च्याम्प्यिन बन्नका लागि औपचारिकता मात्रै बाँकी रहेको थियो। त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो। लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो।

प्रकाशित: May 23, 2024| 07:55 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्