काठमाडौं– महासमिति बैठकप्रति नेताहरु गम्भिर नहुँदा कार्यकर्ता अन्योलमा परेका छन् । ठूलै आशा र उत्साह बोकेर आएका उनीहरु अहिलेसम्म पनि बैठकमा विद्यान संसोधन प्रस्ताव दर्ता हुन नसक्दा अन्योलमा परेका हुन् ।
केन्द्रीय नेताहरु सहमति जुटाउन भन्दै दौडधुप गरिरहदा उनीहरु भने घाम तापेर र हाइ काटेर दिन बिताउन बाध्य छन् । विद्यान संसोधनमै सहमति नभइ आफूहरुलाई बोलाउने र कुराउने काम भएको भन्दै उनीहरु आक्रोशित समेत बन्न थालेका छन् ।
कांग्रेस केन्द्रिय समितिबाटै पार्टीको विधान संसोधन प्रस्ताव सर्वसम्मतले पारित गरेर छलफलको लागि महासमिति बैठकमा प्रस्तुत हुनुपर्ने हो । तर महासमितिको बैठक सुरु भएको तीन दिन बित्दा समेत यो प्रस्ताव प्रस्तुत हुन सकेको छैन ।
खास गरि विधानमा पार्टीको पदाधिकारीको संख्या र छनोट प्रक्रियामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुबीच मतभेद भएकै कारण टुङ्गिन सकेको छैन् । शीर्ष नेताहरुको विवादका विषयका कारण महासमिति बैठकलाई अन्योलमा पारेको भन्दै सदस्यहरु आक्रोशित देखिन्छन् ।
पार्टी इतिहासमै कमजोर भएको, एजेन्डाबिहीन बनेको भन्ने आरोप लागिरहेका बेला कांग्रेसलाई यो गति लिने राम्रो अवसर थियो । तर, नेतृत्वले गम्भिरतका पूर्वक नलिएकै कारण महासमिति बैठक एउटा सामान्य कार्यकर्ता भेटघाट भन्दाबढि केहि हुन नसकेको उनीहरुको टिप्पणी छ ।
यो पनि पढ्नुस्, झगडाले अल्झियो विधान, लम्बियो महासमिति