बिहीबार, पुस १०, २०८२

हैदराबादलाई हराउँदै आईपीएलको फाइनलमा कोलकाता 

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ।

National life

अहमदाबादमा भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता आईपीएलको उपाधिनजिक पुगेको हो। 

हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो। कोलकाताका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८ रनको योगदान दिए । २४ बल खेलेका ऐयरले ५ चौका र ४ छक्का प्रहार गरे।

हैदराबादका लागि कप्तान प्याट कमिन्स र थङ्गरासु नटराजनले समान १-१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रनको योगफल तयार पारेको थियो।

प्रकाशित: May 22, 2024| 07:02 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्