बिहीबार, पुस १०, २०८२

हाब्रे संरक्षणको सन्देश दिने भिडियोमा दयाहाङ

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– कलाकार दयाहाङ राईले रेडपान्डा (हाब्रे) संरक्षणको सन्देश दिने सांगीतिक भिडियो निर्माण गरेका छन्। हाब्रे संरक्षणमा कार्यरत संस्था रेडपान्डा नेटवर्कले मण्डला थिएटरसँगको सहकार्यमा साढे तीन मिनेटको सन्देशमूलक भिडियो (पीएसए) बनाएको हो।

National life

सन् २००७ देखि हाब्रे संरक्षणमा काम गर्दै आएको रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम तासी लामाले समुदायमा हाब्रेबारेको जानकारी अझै व्यापक बनाउनुपर्ने भएकाले यो भिडियो बनाइएको बताए।

“कोरोनाको बेलामा हात धोऔँ भनेर बारम्बार भनिरहनुपरेजस्तै कति कुरा दोहोर्याइरहनु पर्ने हुँदो रहेछ,” लामाले भने, “हाब्रे जोगाउने कुरा पनि मान्छेको मनमा प्रभावकारी रुपमा बसाउन र पुनःस्मरणका लागि सहयोग होस् भनेर हामीले यो भिडियो बनाएका हौँ।” कलाकार दयाहाङ राईले सिकारी युगदेखि अभिनय चलिआएको स्मरण गराउँदै हाब्रेसँगको प्रेमलाई जगाउन आफूहरुको प्रयास केन्द्रित भएको बताए।

“थिएटरमा हामी जुन ढंगमा काम गर्छौँ, त्यहीअनुरूप सांगीतिक प्रस्तुतिजस्तो भिडियो बनाइएको छ,” राईले भने। जीवजन्तुको संरक्षणप्रति गम्भीर हुनुपर्ने कलाकारको पनि दायित्व रहेको उनको भनाइ छ। “अहिले यो तीन मिनेटको भिडियो कुनै दिन हामी रंगमञ्चमा पूरा कथासहित लिएर आउनेछौँ”, राईले भने। भिडियोमा घलेक र हाकुपटासी लगाएको चरित्र हाब्रे बनेर आफ्नो कथा भन्छन्। भिडियोमा बेनुका राईको संगीत, अनुप न्यौपानेको कवितालाई उतारिएको छ।

नेपालको २४ जिल्लामा पाइने लजालु स्वभावको संकटापन्न हाब्रे राति पनि हिँडडुल गर्ने र विशेषतः बिहान–बेलुका बढी सक्रिय हुने प्राणी हो।

Laxmi sunrise bank
kumari

हाब्रेले गाउँघरमा निगालो भनिने चार–पाँच मिटरम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिङ्गो भनिने युशानिया जातका वनस्पतिका पात र टुसा रुचाउँछ। रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ।

रेड पान्डा निश्चित क्षेत्रमा एक्लै बस्न रुचाउने एकान्तप्रिय वन्यजन्तु हो। विशेषतः एउटा पोथी रेड पान्डा एउटा क्षेत्रमा एक्लै बस्छ। नेपालमा ३ सयदेखि ५ सयसम्म रेड पाण्डा रहेको अनुमान छ।
 

प्रकाशित: May 21, 2024| 19:50 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्