शनिबार, असोज १०, २०८३

असोज ३१ देखि प्रदर्शनमा आउँदै ‘छ माया छपक्कै २’

 |  शनिबार, असोज १०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०८३

काठमाडौं । नेपाली चलचित्र ‘छ माया छपक्कै २’ असोज ३१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अभिनेता दीपकराज गिरीलाई बाँसुरी बजाइरहेको देख्न सकिन्छ भने उनका दुवैतर्फ गर्भवती महिलाको भूमिकामा दुई अभिनेत्री देखिएका छन्। पोस्टरले चलचित्रको कथा प्रेम, परिवार र हास्यसँग जोडिएको संकेत गर्छ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन्। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्।

दीपक–दीपाको लोकप्रिय चलचित्र शृङ्खलाको नयाँ भाग भएकाले ‘छ माया छपक्कै २’ प्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ। चलचित्र असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउँदैछ।

प्रकाशित: Sep 26, 2026| 11:15 शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्