शनिबार, कात्तिक २१, २०८३

दीपिका र रणवीर बने दोस्रो बच्चाको आमाबुबा

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं- बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रोपटक आमाबुबा बनेका छन्। दीपिकाले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन्।

Machhapuchchhre

दम्पतीले सामाजिक सञ्जालमा नवजात छोरीको खुट्टाको छापको तस्बिर सार्वजनिक गर्दै खुसीको खबर दिएका हुन्।

दीपिका र रणवीरले गत अप्रिल १९ मा दोस्रो सन्तानको आगमनको घोषणा गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमा पहिलो छोरी दुआको तस्बिर सार्वजनिक गरेका थिए।

दीपिका र रणवीरले सन् २०२४ सेप्टेम्बर ८ मा पहिलो सन्तानका रूपमा छोरी दुआ जन्मिएको जानकारी दिएका थिए।

दीपिका र रणवीरको प्रेमसम्बन्ध सन् २०१३ मा चलचित्र ‘गोलियों की रासलीला राम-लीला’को छायांकनका क्रममा सुरु भएको थियो। लामो समय प्रेमसम्बन्धमा रहेपछि उनीहरूले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए।

प्रकाशित: Sep 20, 2026| 05:16 आइतबार, असोज ४, २०८३