आइतबार, साउन १०, २०८३

महासमितिमा हात हालाहाल, देउवा पनि जंगिए (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन पेस नगरी अघि बढाउन खोजिएपछि मंगलबार बन्त्र सत्र तनावपूर्ण बन्यो। महासमिति सदस्यहरुले विधान संशोधनको टुंगो नलागी बैठक अघि बढाउन नहुने भन्दै होहल्ला गरेपछि बन्द सत्रभित्रै हात हालाहालको स्थिति बन्यो। 

यही विषयमा सहमहामन्त्री डा प्रकाश शरण महत र नेपाली नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीबीच झण्डै हात हालाहालको स्थिति भयो। 

विधानसम्बन्धी प्रतिवेदनपछि पेस हुने र छलफल पनि त्यही बेला गर्ने भन्दै सहमहामन्त्री महतले बैठकमा पेस भएका अन्य चारवटा प्रतिवेदनमाथिको छलफललाई अगाडि बढाउन उद्घोष गर्नासाथ नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले माइक खोसेका थिए। 

थप पढ्‍नुहोस्, 
महासमिति बहस- कांग्रेसलाई कसरी ब्युँताउने ? 
महासमिति बैठक : नेताहरु दबाबमा, फुर्सदमा महासमिति सदस्य (भिडियो)
नेकपा बैठक : बोल्ने १० मध्ये नौ जना ओली प्रचण्डको विपक्षमा
कांग्रेस महासमिति बैठक लम्बियो
कहाँबाट आयो महासमितिमा १० भाइको प्रस्ताव ?
विधान संशोधनमा लफडा: महासमिति तीन घन्टा स्थगित
कांग्रेसको बन्दसत्र : नेतृत्वप्रति यसरी खनिए प्रतिनिधिहरू 


केसीले विधान मस्यौदा प्रतिवेदन बैठकस्थलमा पेस नभएसम्म छलफल अगाडि बढाउन नहुनेभन्दै महतको हातबाट माइक खोस्ने प्रयास गरेका थिए। तर, महतले नदिएपछि फ्लोरबाट आएका महासमिति सदस्यहरुले पोडियममा चढी महतलाई धकेलेका थिए।  

विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमा सहमति जुटाउन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो तीन घण्टासम्म र साँझ तीन घण्टासम्म बसेपनि सहमति जुटेको थिएन। 

महासमिति बैठक सोही प्रतिवेदनमा सहमति हुन नसक्दा सोमबार दिउँसो तीन घण्टा स्थगित गरिएको थियो भने, अपरान्ह पनि पाँच बजेसम्म मात्र चलाइएको थियो । 

विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा सहमति नजुट्दा कांग्रेस महासमिति बैठक पनि प्रभावित हुने देखिएको छ । 

देउवा जंगिएपछि 



भिडियो: मधुसुदन ढकालको फेसबुकबाट

कांग्रेसको बन्द सत्रको अन्तिम दिन मंगलबार तनावपूर्ण बन्दै गएपछि मञ्‍चमा बसेका सभापति शेरबहादुर देउवा पनि एक्कासी जंगिएर उठे। उनले अफ गरिएको माइक्रो फोन समातेर हल्ला नगर-हल्ला गर्ने को हो भनिरहे।

देउवाले यसरी मञ्‍चबाट सम्झाउन खोज्दा पनि हलको हुटिङ रोकिएन। जंगिएका सभापति देउवालाई शान्त पार्न उपसभापति विजय कुमार गच्छेदार, सहमहामन्त्री प्रकाशशरण महतलगायत केन्द्रीय नेताहरु मञ्‍चमा गएका थिए। त्यसपछि पनि हल्ला नरोकिएपछि देउवा माइक छोडेर बाहिरिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।