काठमाडौं- सिंहदरवारको दक्षिणी गेट छेउमा रहेको कार्यान्व्यन फैसला विभागमा आगलागी भएको छ।
बिहान करिब सबा ११ बजे अकस्मात विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रका लागि दुईवटा दमल पुगेको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
आगो नियन्त्रणका लागि प्रयास भइरहेको घटनास्थलबाट असई मनोज कुमार यादवले जानकारी दिए । उनका अनुसार आगलागी भएको भवनमा जिल्ला अदालतका कागजजातहरु रहेका थिए । आगोले सबै कागजात नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४