शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिपक्ष दलहरूको अडान- संसदीय छानबिन समितिको 'टीओआर' नबन्दासम्म संसद् चल्दैन

प्रतिपक्ष दलहरूको अडान- संसदीय छानबिन समितिको 'टीओआर' नबन्दासम्म संसद् चल्दैन

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक सकिएको छ। दलहरूको बैठकले सहकारीको रकम छानबिन प्रकरणमा संसदीय समितिको बैठकको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेका छन्।

triton college

राप्रपाले भने सभामुखले बैठक सञ्चालन गरेर गृहमन्त्रीलाई बोल्न समय दिएमा उनको कुरा सुन्ने प्रस्ताव गरेको संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए। लामिछानेको भनाइ सुनिसकेपछि आफ्नो भनाइ राख्ने र बैठक सञ्चालन हुन सक्ने नसक्ने विषयमा त्यसपछि निर्णय लिनेगरी समझदारी गर्न आग्रह गरेको उनले बताए। संसदीय समितिको टीओआर नआउँदासम्म सभामुखले नै बैठक सञ्चालन नगर्ने उनीहरूले विश्वास व्यक्त गरेका छन्। बिहान ११ बजेका लागि डाकिएको बैठक १२ बज्दासम्म पनि सुरु भएको छैन।

अघिल्लो अधिवेशनदेखि सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री लामिछनेको नाम जोडिएकोमा उनको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै आएको थियो। बिहीबारको बैठकमा यही विषयमा संसद् अवरोध हुँदा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलको अवस्था बनेको थियो। शुक्रबारका लागि डाकेको बैठक सभामुखले स्थगित गरेका थिए। त्यसपछि बसेको सत्तारूढ र प्रतिपक्षी दलको बैठकले संसदीय दल बनाउने भन्दै ‘टीओआर’ निर्माणका लागि कानुनमन्त्रीको नेतृत्वमा कार्यदल बनाएको थियो।

कार्यदलले अहिलेसम्म संसदीय छानबिन समितिको कार्यक्षेत्राधिकार टीओआर बनाइसकेको छैन। कार्यदलको बैठक कानुन मन्त्रालयमा बसिरहेको छ।

प्रकाशित: May 19, 2024| 12:08 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्