आइतबार, मंसिर २८, २०८२

हार्दिक आईभीएफमा निःसन्तान दम्पतीलाई १ लाख ९९ हजारमै सेवा

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काठमाडौ- सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुबिधा सहितको, अन्तर्राष्ट्रियस्तरको आईभीएफ केन्द्र सञ्चालनमा आएको छ।

National life

‘हार्दिक आईभीएफ एण्ड फर्टिलिटि सेन्टर’ नाम रहेको सो केन्द्रमा निःसन्तान, प्रसुती तथा स्त्रीरोग सम्बन्धी सुलभदरमा अन्तर्राष्ट्रयस्तरको उपचार सुबिधा उपलब्ध रहेको जानकारी संस्थाले दिएको छ।
हाल सो सेन्टरमा प्रजनन, स्त्रीरोग तथा आईभीएफ विशेषज्ञका रुपमा डा. अर्चना शाक्य सहित, वरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु लगायतका मेडिकल टिम कार्यरत छ।

डा. शाक्य बिगत १३ वर्षदेखि स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धी बिरामीको उपचारमा संलग्न छन् भने डा बानु बिगत ६ वर्षदेखि इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिँदै आएका छन्।

साथै दुवै डाक्टरहरूले धेरै निःसन्तान दम्पतीलाई सन्तानसुख दिन सफल भएका छन्।

सो केन्द्रमा निःसन्तान वा प्रजनन समस्या भएका दम्पतीहरूलाई परामर्श सेवासहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आईयूआई, आईभीएफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको संस्थाले जनाएको छ।

Laxmi sunrise bank
kumari

अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मसिन रहेको सो केन्द्रले पुरुषको विर्य जाँचदेखि लिएर, भविष्यका लागि भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिज गरि सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र विर्य भण्डारण गर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ।

नयाँ वर्षलाई लक्षित गरी साथै कम आय भएका बिरामीका लागि केन्द्रले २०८१ असार मसान्तसम्मका लागि मात्र रु १ लाख ९९ हजारमा आईभीएफ साथै आईयूआई मात्र ८ हजार ५ सयमा गर्ने घोषण समेत गरेको छ। साथै ल्याब टेष्ट तथा विर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत उल्लेख गरेको छ।

प्रकाशित: May 18, 2024| 20:02 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्