आइतबार, साउन १०, २०८३

आजका अखबार : ठेकेदार भाग्‍न खोजेपछि मेलम्ची ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानिबाट प्रकाशित मंगलबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको विषयलाई प्रमुख समाचार बनाएका छन् । 

इटालीएन ठेकेदार कम्पनी सिएमसीले आफू आर्थिक रुपमा टाट पल्टिएको दाबी गर्दै काम छाडेपछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको छ । योसँगै अबकाे ४६ दिन भित्र निर्माण सकि मेलम्चीको पानी काठमाडौं ल्याउने पूर्वघोषित लक्ष्य अन्योलमा परेको छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नयाँ पत्रिकाले इटालीमा ठेकेदार जोखिममा, नेपालमा मेलम्ची अन्योलमा शीर्षकमा खबर छापेको छ । उसले काम अलपत्र छाडेर इटाली फर्किन थालेका ठेकेदार कम्पनीका म्यानेजरसहित ८ जनाको पासपोर्ट जफत गरेको पनि समाचारमा उल्लेख गरेको छ  ।

आजको कान्तिपुरले मेलम्ची ठप्प शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले मेलम्ची विवाद सतहमा शीर्षकमा खबर छापेको छ । सरकार र ठेकेदार कम्पनी सिएमसीबीच लामो समयदेखि क्षतिपूर्ती विवाद चल्दै आएको र सोही कारण काम नै ठप्प भएको पत्रपत्रिकामा उल्लेख छ । 

यो विषय बाहेक आजका अखबारहरुले नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध नेताहरु आक्रमक बनेको विषयलाई पनि प्राथमिकता साथ प्रकाशित गरेका छन् ।

कान्तिपुरले ओलीमाथि चर्को आक्रोश शिर्षकमा मुख्य समाचार छापेको छ भने नागरिक दैनिकले सरकार र पार्टी सञ्चालन पद्धतिको आलोचना शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले बैठकमा वामदेव झन उग्र बनेको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ । 

सोमबारको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि जवाफ दिदै नेता वामदेव गौतमले संविधानमा भएदेखि दुइटा प्रधानमन्त्री हुन्थ्यौं भनेर मजाक गर्ने ? तपाईसँग दुई तिहाइ छ, संविधान संसोधन गरेर दुइटै प्रधानमन्त्री राख्ने प्रावधान बनाउनुस भनेर आक्रोश पोखेका थिए ।

अध्यक्ष ओलीले आइतबार मात्रै प्रचण्डतर्फ संकेत गर्दै मिले दुबैजना प्रधानमन्त्री बन्ने थियौ भनेर बताएका थिए । वामदेवले भने एकजना अध्यक्ष र एकजना प्रधानमन्त्री बन्नु पर्ने प्रस्ताव स्थायी समितिमा पेश गरेका थिए । 

यस्तै आजका पत्रपत्रिकाले कांग्रेसमा पदाधिकारी थप्न सभापति शेरबहादुर देउवा लचक बनेको, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि ल्याइएको हेलिकप्टर खरिद प्रक्रिया नै त्रुटिपूर्ण रहेको विषयलाई महत्वका साथ छापेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।