काठमाडौं- पुस २ गते सोमबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।
नेकपा बैठक : बोल्ने १० मध्ये नौ जना ओली प्रचण्डको विपक्षमा
झण्डै पाँच महिनापछि बसेको स्थायी कमिटीको बैठकमा आन्तरिक विवाद चर्किएको छ। सोमबारको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खनिएका थिए ।
ओली–प्रचण्डको प्रतिवेदन : नेपाललाई प्रयोगशाला बनाउन खोजिँदैछ (पूर्णपाठसहित)
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अहिले चुनौतीपूर्ण अवस्था झेलिरहेको दाबी गरेका छन् ।
कहाँबाट आयो महासमितिमा १० भाइको प्रस्ताव ?
नेपाली कांग्रेसका १० भाइ युवा महासमिति सदस्यहरूले महासमिति बैठकमा छलफलका लागि भन्दै ६ पृष्ठ लामो प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष पेस गरेका छन्। प्रस्तावमा उनीहरूले संघीय, प्रदेश, जिल्ला र क्षेत्रीय स्तरमा संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्।
रौतहटमा प्रहरी र स्थानीयबीच झडप, केही सेल अश्रुग्यास प्रहार
रौतहटको बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । गरुडाको विर्तामा दुई समूहबीचको विवाद मिलाउन गएको प्रहरीलाई लक्षित गर्दै स्थानीयबासीको समूहले ढुंगा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौंमा पाकेटमाराविरुद्ध अपरेसन
काठमाडौंका सार्वजनिक यातायातमा बढ्दै गएको पाकेटमारीविरुद्ध प्रहरीले अपरेसन चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चलाएको अपरेसनमा पछिल्लो एक सातामा ३० जना पाकेटमारा पक्राउ परेका छन्।
अनुगमन साढे तीन हजार, प्रभाव शून्य
केपी ओली नेतृत्वमा सरकार गठन भएपछिको नौ महिना अवधिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन हजार ६ सय ६३ पटक व्यापारिक फार्महरूको अनुगमन गरे पनि त्यसको प्रभाव शून्य देखिएको छ ।
आदिकवि भानुभक्तको आह्वान- 'भूमाफियाविरुद्ध धराने जनता एक हौँ'
कोशी पाहाडका धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका गाडी आएर तराईमा ठोकिने गन्तव्य हो धरानको भानुचोक । र, धरानको भानुचौकको मुटुमै छ आदिकवि भानुभक्तको सालिक ।
ललितपुर महानगरको १०० वर्ष : कला र संस्कृतिले चिनाइने
‘कला संस्कृतिको पहिचान, ललितपुर महानगरको अभियान’ भन्ने नाराका साथ ललितपुर महानगरपालिकाले स्थापनाको शतवार्षिकी मनाएको छ ।
ज्ञानेन्द्रको स्वागतमा नाराबाजी : 'गणतन्त्रलाई फाँसी दे'
पोखरा भ्रमणमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाहलार्इ स्वागत गर्दै गणतन्त्रविरूद्धको नारा लगाइएको छ। शाहको स्वागतका लागि सोमबार बिहान पोखरा विमानस्थल पुगेका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै गणतन्त्रविरोधी नारा लगाएका थिए ।
काठमाडौंमा ह्वात्तै जाडो बढ्यो, तापक्रम २.५ डिग्रीमा झर्यो
काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै सबैभन्दा बढि जाडो भएको छ । न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेसँगै जाडो बढेको हो ।
इपिएलको विजेताले २५ लाख नगद पुरस्कार पाउने
राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको विजेताले २५ लाख पुरस्कार पाउने भएको छ । त्यस्तै प्रतितयोगिताको उपविजेताले १० लाख पाउने आयोजक इपीएलले सोमबार विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।
काठमाडौं क्वालिफारमा, विराटनगर बाहिरियो
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटमा काठमाडौं किंग्स इलेभेन क्वालिफारमा प्रवेश गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं इपिएलको क्वालिफारमा प्रवेश गरेको हो ।
मेस्सीको ह्याट्रिकले बार्सिलोना शीर्षस्थानमा यथावत
कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले बार्सिलोना स्पेनिस ला लिगा फुटबल लिगको शीर्षस्थानमा यथावत रहेको छ । आइतबार राति भएको खेलमा मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले लेभान्टेलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४