काठमाडौं- रौतहटको बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । गरुडाको विर्तामा दुई समूहबीचको विवाद मिलाउन गएको प्रहरीलाई लक्षित गर्दै स्थानीयबासीको समूहले ढुंगा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
घटनाका बारेमा जानकारी दिँदै रौतहटका प्रमुख जिल्ला अधिकारी लोखनाथ पौडेलले अहिले स्थिति सामान्य रहेको बताए । नेपाल समयसँगको कुराकानीमा पौडेलले भने, ‘यो नयाँ सिर्जित समस्या होइन । गरुडाको बिर्तामा विगत लामो समयदेखि दुई समूहबीच झगडा हुने गरेको छ । अहिले पनि यहि विषयमा दुई समूहबीच विवाद हुँदा त्यसलाई व्यवस्थापन गर्न प्रहरी प्रशासन तैनाथ भएको हो ।’
अहिले बिर्ता क्षेत्रको स्थिति सामान्य रहेको भन्दै उनले समूहलाई उत्तेजित हुनबाट रोक्न र कुनै क्षति हुन नदिने प्रहरीले केही सेल अश्रुग्यास छाडेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४