आइतबार, साउन १०, २०८३

कांग्रेस महासमिति बैठक लम्बियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं-राजधानीमा जारी नेपाली कांग्रेस महासमिति बैठक एक दिन लम्बिने भएको छ । महासमिति बैठक यसअघि ३ गते सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । बैठकमा पेस गरिएका विभिन्न प्रतिवेदन उपर छलफल गर्न समय अपुग भएकाले थप एक दिन लम्बिन लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘महासमिति बैठक पाँच दिन गर्ने भनिएको हो । तर २८ गते नाम दर्तामात्र भयो । त्यसैले अब ४ गतेमात्र बैठक समापन हुनेछ ।’

विभिन्न प्रतिवेदन उपर मंगलबार बेलुकासम्म सहमति जुटाउन प्रयास गरिने र सहमति नभए ४ गते बिहान छलफल गरेर दिउँसो घोषणासभा आयोजना गरिने कांग्रेस तयारी छ ।

सोमबार बिहानको महासमिति बैठकमा ६ जना सदस्यले मात्र आफ्ना धारणा राखेका थिए । त्यसपछि केन्द्रीय समिति बैठक बस्न नेताहरू त्यसतर्फ लागेपछि केही बेर महासमिति बैठक स्थगित भएको थियो । चार बजे सुरु भएको महासमिति बैठकमा अहिलेसम्म १२ जनाले मात्र आफ्नो धारणा व्यक्त गरेका छन् ।
 
केन्द्रीय समिति बैठक फेरि ६ बजे

पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनउपर छलफल गर्न सोमबार दिउँसो पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय समिति बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बैठकमा प्रतिवेदनमाथि छलफल भए पनि सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए । महासमिति बैठक पनि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्नुपर्ने भएकाले साँझ ६ बजे फेरि बस्ने गरी केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी ती नेताले दिए । केन्द्रीय समिति बैठकबाट पारित हुन नसक्दा महासमिति बैठकमा विधान संशोधन मस्यौदा पेस हुन सकेको छैन । साँझ बस्ने केन्द्रीय समिति बैठकले यसलाई टुंगोमा पुर्‍याउने विश्वास नेताहरूले गरेका छन् ।

विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएर नआएका कारण बैठक तीन घन्टाका लागि रोकिएको थियो । महासमिति सदस्यहरुको अडानका कारण सभापति शेरबहादुर देउवा विधान संशोधनमा सहमति जुटाउन गम्भीर भएर लागेका छन् ।

सभापति देउवाले आफ्नो अनुपस्थितीमा महासमिति बैठकको अध्यक्षता उपसभापति विजयकुमार गच्छदारलाई गर्न गरेको प्रस्ताव हलले अस्विकार गरेको थियो । उनीहरुले गच्छदारको अध्यक्षता नमान्ने भन्दै बैठक छाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ । सदस्यहरुको चेतावनी पछि बैठक ३ घन्टाका लागि स्थगित गरिएको थियो ।

पदाधिकारीको संख्या कति बनाउने, पदाधिकारी र केन्द्रीय सदस्यहरुमध्ये कति निर्वाचित र कति मनोनीत गर्ने भन्ने विबषयमा विवाद देखिएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।