आइतबार, असार ७, २०८३

वात्सल्य नेचुरल आइभिएफको नयाँ क्लिनिक चितवनमा

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

वात्सल्य नेचुरल आइभिएफ नेपालको प्रमुख निःसन्तान उपचार सेवा प्रदायकले आइतबार एक कार्यक्रमकाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालनमा आएको घोषणा गरेको छ।

National life

क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्।

गुणस्तरीय प्रजनन उपचार नेपालभर सहज रूपमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरूप यस शाखाको विस्तार भएको र निकट भविष्यमै बुटवल, पोखरा, विराटनगर जस्ता स्थानमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले बताए।

नेपालमै सर्वाधिक आइभिएफ सफलता, निःसन्तान उपचारबाट सर्वाधिक स्वास्थ शिशुको जन्म, सर्वाधिक निःसन्तान विशेषज्ञको टोली, सर्वाधिक निःसन्तान उपचार शाखा सञ्चालन जस्ता विभिन्न मानकमा आफूलाई अब्बल साबित गर्दै आफूलाई नेपालकै नं. १ आइभिएफ क्लिनिकको रूपमा स्थापित गर्न सफल भएको क्लिनिकको दाबी छ।

चितवनमा उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हाल निःशुल्क आइयुआइ सेवा प्रदान गरिरहेको छ। यस बाहेक यस क्लिनिकमा प्रजनन जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवुलेशन इन्डकसन, आइभिएफ, फर्टिलिटी फ्रिजिङ जस्ता विभिन्न अत्याधुनिक प्रजनन उपचारका सेवाहरू प्राप्त गर्न सकिन्छ।

Shivam cement

प्रकाशित: May 14, 2024| 16:57 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्