पोखरा- पोखरा भ्रमणमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाहलार्इ स्वागत गर्दै गणतन्त्रविरूद्धको नारा लगाइएको छ। शाहको स्वागतका लागि सोमबार बिहान पोखरा विमानस्थल पुगेका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै गणतन्त्रविरोधी नारा लगाएका थिए ।
नेपालको राष्ट्रिय झण्डा बोकेर विमानस्थल पुगेका उनीहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए।
शाह साढे १२ बजे बुद्ध एयरलाइन्सबाट पोखरा पुगेका हुन्। उनी साढे ११ मै पोखरा पुग्ने भनिएपनि फलाइट ढिला भएकाले एक घण्टा ढिलो गरि पोखरा पुगेका हुन्।
उनका समर्थक भने विहान १० बजेदेखि नै पोखरा विमानस्थल पुगेर स्वागतका लागि कुरिरहेका थिए। पूर्वराजा शाह सोमबारदेखि एक सातासम्म निजी भ्रमणको शिलसिलामा पोखरामा रहनेछन्।
