धुम्बाराहीस्थित पार्टी कार्यालयमा सोमबार बसेको नेकपा स्थायी कमिटी बैठक । तस्वीर : रासस
काठमाडौं-प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अहिले चुनौतीपूर्ण अवस्था झेलिरहेको दाबी गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा नेपाललाई प्रयोगशाला बनाउन खोज्ने तत्व सक्रिय भएर लागेको उल्लेख गरिएको छ।
‘अहिलेको परिस्थिति चुनौतिरहित पक्कै छैन। लामो समयदेखि नेपालको अस्थिरतामा खेलिरहेको र नेपाललाई अनुचित उद्देश्य प्राप्तिका लागि प्रयोगको थलो बनाएर आफ्नो अभिष्ट पुरा गर्न अभ्यास्त तत्वहरुका लागि नेपालको राजनीतिक स्थायित्व, हामीले लिएको समृद्धि र आत्मनिर्भर तर्फ अगाडि बढिरहेको र नेपालले स्वतन्त्र राष्ट्रका हैसियतमा निर्णय लिन थालेको र यसको छवि र सामर्थ्य बलियो बन्दै गएको पाच्य हुन सकेको छैन’ बैठकमा पेस गरिएको २२ पेज लामो प्रतिवेदनमा उल्लेख छ।
पढ्नुहोस प्रतिवेदनको पूर्णपाठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४