आइतबार, साउन १०, २०८३

काठमाडौंमा पाकेटमाराविरुद्ध अपरेसन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-काठमाडौंका सार्वजनिक यातायातमा बढ्दै गएको पाकेटमारीविरुद्ध प्रहरीले अपरेसन चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चलाएको अपरेसनमा पछिल्लो एक सातामा ३० जना पाकेटमारा पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले  सार्वजनिक यातायातमा पाकेट मार्ने र चोरीका घटना बढेको जनगुनासो आएपछि पाकेटमाराविरुद्ध अपरेसन सुरु गरिएको जानकारी दिए । ‘सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई थप सुरक्षित र मर्यादित बनाउन, पाकेटमारी तथा चोरी नियन्त्रणका लागि हामीले निगरानी बढाएका छौं’, उनले भने, ‘नियन्त्रणमा लिएकामाथि अनुसन्धान भइरहेकाले उनीहरूको गिरोह छिट्टै पक्राउ पर्नेछन् । त्यसपछि हामी पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछौं ।’

काठमाडौं उपत्यकामा बढी भीडभाड हुने सार्वजनिक यातायातमध्ये साझा, मयूर,  सिटी, नेपाल तथा महानगर यातायात, रत्नपार्क–सुन्धारा हुँदै चल्ने माइक्रोबसमा पाकेटमाराको बिगबिगी हुने गरेको प्रहरीले जनाएको छ । सुन्धारा, कलंकी, बालाजु, बसपार्क, सुन्धारा, रत्नपार्क, तीनकुने, सिनामंगल, कोटेश्वरमा बढी पाकेटमारीका घटना हुने गरेको छ । 

प्रहरीले नियन्त्रणमा लिएका पाकेटमारा १४ वर्षदेखि ४० वर्ष समूहका छन् । तीमध्ये केही भारतीय छन् । 

नेपाल यातायातका एक चालकका अनुसार पाकेट मार्ने उद्देश्यले एकैपटक चारपाँच जनाको समूहमा गाडीमा चढ्ने र कुनै यात्रुलाई भीडमा पारेर चोरी गर्ने गरेको बताउँछन् । ती चालकले भने, ‘हामी पनि पाकेटमाराबारे जानकारी पाउँछौं । तर समूहमा आउने र प्रहरीले पनि हामीलाई साथ नदिएका कारण आफ्नो व्यवसाय र ज्यानको सुरक्षाका जोखिममा पर्ने हुनाले आँखाअगाडि पाकेट मारिँदासमेत मूकदर्शक बनिरहेका छांै ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।