आइतबार, साउन १०, २०८३

विधान संशोधनमा लफडा: महासमिति तीन घन्टा स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विधान मस्यौदामा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस महासमितिको बैठक स्थगित भएको छ । महासमिति सदस्यहरुले विधान संसोधन मस्यौदा पेश नभएसम्म बन्दसत्र सञ्चालन गर्न नदिने अडान लिएपछि बैठक प्रभावित भएको हो । 

विधान संसोधन मस्यौदा समितिको प्रतिवेदन केन्द्रिय कार्यसमितिबाट पारित भएर नआएका कारण बैठक तीन घण्टाका लागि रोकिएको महासमिति सदस्य बलदेव तिमल्सिनाले जानकारी दिए । महासमिति सदस्यहरुको अडानका कारण सभापति शेरबहादुर देउवा विधान संसोधनमा सहमति जुटाउन अहिले छलफलमा जुटेका छन् । 

उनी महासमिति बैठक छाडेर केन्द्रिय कार्यसमितिको बैठकमा भाग लिन र सहमति जुटाउन सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

सभापति देउवाले आफ्नो अनुपस्थितीमा महासमिति बैठकको अध्यक्षता उपसभापति विजयकुमार गच्छदारलाई गर्न गरेको प्रस्ताव हलले अस्विकार गरेको थियो । उनीहरुले गच्छदारको अध्यक्षता नमान्ने भन्दै बैठक छाड्ने चेतावनी दिएको स्रोतले जनाएको छ । सदस्यहरुको चेतावनी पछि बैठक ३ घण्टाका लागि स्थगित गरिएको  छ। 

विधानमा नमिलेका बिषयहरुः
१. पदाधिकारीको संख्या कति बनाउने भन्ने विषय सबैभन्दा जटिल बन्दै गएको छ। सभापति शेरबहादुर देउवा पक्षधर विधान संशोधन मस्यौदा समितिका सदस्यहरु पदाधिकारीको संख्या बढाउन चाहदैनन्। यता संस्थापन इत्तरका सदस्यहरुले भने पदाधिकारीको संख्या १३ देखि २३ सम्म बनाउने प्रस्ताव गरेका छन्। 

२. पदाधिकारी र केन्द्रीय सदस्यहरुमध्ये कति निर्वाचित र कति मनोनिन गर्ने भन्ने बिषयमा विबाद देखिएको छ। संस्थापन पक्षले पार्टीका हरेक तहमा सभापतिले सम्बन्धित कार्य समितिको जम्मा संख्याको २५ प्रतिशत मनोनित गर्न पाउनुपर्ने पक्षमा छ। तर, संस्थापन इत्तरका नेताहरु भने अधिकतम १५ प्रतिशत सदस्य मात्र मनोनित गर्न पाउनु पर्ने पक्षमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।