शुक्रबार, पुस ११, २०८२

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

 |  शनिबार, वैशाख २९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २९, २०८१

काठमाडौं- भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।

National life

डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालका लागि उनले सो सहयोग घोषणा गरेका हुन्।

कोइरालाको भनाइ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ भनेर सोधेका थिए। कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिबद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरुङले भनेका थिए, ‘मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रूपैयाँ सहयोग गर्छु।’

उनले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भनेका छन्, ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ।’

प्रकाशित: May 11, 2024| 12:43 शनिबार, वैशाख २९, २०८१
प्रतिक्रिया दिनुहोस्