आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आदिकवि भानुभक्तको आह्वान- 'भूमाफियाविरुद्ध धराने  जनता एक हौँ'

आदिकवि भानुभक्तको आह्वान- 'भूमाफियाविरुद्ध धराने  जनता एक हौँ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धरान- कोशी पाहाडका धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका गाडी आएर तराईमा ठोकिने गन्तव्य हो धरानको भानुचोक । र, धरानको भानुचौकको मुटुमै छ आदिकवि भानुभक्तको सालिक । सालिक भएर  उभिएका भानुभक्त पछिल्ला केहि दिनमा प्ले कार्ड बोकेर उभिएका जस्तै देखिन्छन । 

मुर्ती आगाडि, पछाडि र दाँया, बाँया विभिन्न नारा लेखिएका प्ले कार्डहरु राखिएका छन । जसमध्येको एक प्ले कार्डमा लेखिएको छ, 'सार्वजनिक सम्पत्तिको सुरक्षा गरौँ ।' क्याम्पसको नाम छोटकरिमा लेखिएको अर्को प्लेकार्डमा अंग्रेजीमा लेखिएको छ, 'महेन्द्र बहुमुखि क्याम्पस जोगाऔँ । महेन्द्र क्याम्पस हाम्रो घर हो ।'

यि र यस्तै नाराहरु लेखिएका पोस्टर, प्ले कार्ड र पपलेट अनि सडक संघर्षका कार्यक्रमहरु पछिल्ला हप्तामा धरानका सडक सडकमा गुन्जिएका छन । विद्यार्थी नेता देखी सर्वसाधारणसम्म यि मागको पक्षमा छन । तर, केहि स्वार्थ समुहहरु भने यो कुराको विपक्षमा छन । 

यस्तो छ भानुभक्त सालिकको भूमाफिया आन्दोलनको कथा

प्रदेश १ को पुरानो र नामि  सरकारी क्याम्पस हो धरानको महेन्द्र बहुमुखि क्याम्पस । वि.सं. २०१२ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखि क्याम्पसले २०३४ सालमा जग्गा किन्यो । धरानका स्थानिय श्यामगोविन्द श्रेष्ठसँग क्याम्पसले १७ कठ्ठा १८ धुर जग्गा किन्यो ।
 
धरानको स्वत्तिक चौक नजिकैको यो जग्गाको भोगचलन क्याम्पसले आफ्नो स्वामित्वमा ल्याएको ठिक ४१ बर्षपछि एकाएक नक्कली मोहि खडा गरिएको छ । डम्बरबहादुर घिमिरे मोहि भएको जग्गा क्याम्पसले खरिद गरिएको चार दशकपछि नक्कली मोहि घिमिरेका माइला छोरा यज्ञ बहादुर क्षेत्रीले जिल्ला भुमिसुधार कार्यालय सुनसरीमा मुद्धा दायर गरेका छन । गत मंसिर १० गते  क्षेत्रिले मुद्धा दायर गरेपछि धरानमा खैलाबैला भएको हो ।
 
तत्कालिन मोहि घिमिरले मोहि त्याग गरेको डकुमेन्ट हराएपछिको कानुनि छिद्र प्रयोग गरेर भूमाफियाहरुले मुद्धा हाल्न उकासेको विद्यार्थीहरु बताउँछन । स्वतन्त्र विद्यार्थी युनियन धरानका सदस्य कुन्दन अधिकारी बताउँछन । साबिक धरान नगरपालीकाको ९ कको कित्ता नम्बर २६६ को उक्त जग्गामा वास्तबिक मोहि डम्बरबहादुर घिमिरेको २०५६ फागुन ५ मा र आमाको २०६४ पुष १४ मा मृत्यू भएपछि छोरालाइ नक्कली मोहि खडा गर्नुमा माफियाको चलखेल भएको विद्यार्थी र क्याम्पस प्रशाशनको भनाइ छ  । 

यो चलखेलको विरुद्धमा अहिले क्याम्पसको जग्गा बचाउ संघर्ष समिति बनेको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखि क्याम्पसका सभापति सागर सरगम लिम्बुले यो समितिको अगुवाइ गरिरहेका छन । विभिन्न विद्यार्थी संगठनहरुले यसमा समर्थन गरेर विभिन्न आन्दोलनका कार्यक्रमहरु धरानमा जारि छन । 

खनजोत नगरेको जग्गमा नक्कली मोहि खडा हुनुपछाडिको १५ करोडको खेल

क्याम्पसले किनेर छात्रावासमा चार दशक बढि प्रयोग गरेको जग्गामा नक्कली मोहि खडा हुनुका पछाडि १५ करोडको खेल देखिन्छ । प्रति धुर ४ लाख रुपैयाँमा किनबेच हुने उक्त क्षेत्रमा १७ कट्ठा १८ धुर जग्गा छ । १ कट्ठाको २० धुरको दरले १७ कट्ठा १८ धुर जग्ग भनेको ३५८ धुर जग्गा हो । सरसर्ति ३५८ धुर जग्गाको हिसाब ४ लाखको दरले गर्दा  १४ करोड ३२ लाख रकम हुन आँउछ । जग्गाको दाम हरेक दिन बढ्ने हुनमाले मुद्धा जितेर आएको अवस्थामा यसको मुल्य १५ करोड बढि हुने जानकारहरु बताउँछन । 

यहि पैशाको खेलका कारणले धरानको महत्पुर्ण सार्वजनिक जग्गा हडप्ने प्रयास भएको क्याम्पस प्रमुख चन्द्रकुमार राई बताउँछन । उनी भन्छन, 'न खनजोत भएको प्रमाण छ । न  सहि मोहि नै हो । हुँदै नभएको बिषयमा बखेडा निकालेर सार्वजनिक सम्पत्तिलाइ हडप्न खोजिएको प्रष्ट छ ।'


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।