शुक्रबार, पुस ११, २०८२

युरोपा लिगको फाइनलमा लेभरकुजन र एटलान्टाको भिडन्त

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बायर लेभरकुजनले ४९ खेलको कीर्तिमान अपराजित यात्रा कायम राख्दै बिहीबार युरोपा लिगको फाइनल यात्रा तय गरेको छ।

उसले एएस रोमालाई सेमिफाइनल दोस्रो लेगमा २–२ को बराबरीमा रोक्यो र समग्रमा ४–२ को अग्रता लियो।

अब फाइनलमा उसले एटलान्टाको सामना गर्नेछ। एटलान्टाले अर्को सेमिफाइनल दोस्रो लेगमा मार्सेलाई ३–० ले हरायो। त्यससँगै एटलान्टा समग्रमा ४–१ ले अगाडि रह्यो। फाइनल मे २२ मा डबलिनमा हुनेछ।

प्रकाशित: May 10, 2024| 07:33 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्