शुक्रबार, पुस ११, २०८२

आजदेखि बजेट अधिवेशन, चल्न देला कांग्रेसले ?

 |  शुक्रबार, वैशाख २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं- आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ। दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ।

National life

वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। वैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारका लागि अधिवेशन आह्वान गरेका थिए।

हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन सुरु हुन लागेको हो। हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो। 

आजको कार्यसूचीअनुसार बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्। त्यसपति सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।

यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।

Laxmi sunrise bank
kumari

त्यसपछि  सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन्।

आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची छ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसअघि संसद् बैठकबारे बिहीबार सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। खासगरी कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको विषयमा छलफल भएको थियो। तर, बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

कांग्रेसले आज बिहान साढे ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। बैठकले संसद्‌‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय लिनेछ। सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको माग राखेर कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ। अवरोधकै बीच हिउँदे अधिवेशन अन्त्य भएको थियो।

प्रकाशित: May 10, 2024| 07:24 शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्