शुक्रबार, पुस ११, २०८२

खेलाडीको ३ करोड पुरस्कार मन्त्रिपरिषद्‍बाट स्वीकृत

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- मन्त्रिपरिषद् बैठकले खेलाडीहरुलाई दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

National life

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।

आइसिसी पुरुष टी–२० विश्वकप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल दुई करोड चार लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार नगद हात पार्नेछन्।

१९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले एक लाख ९५ हजार प्राप्त गर्नेछन्। एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्।

Laxmi sunrise bank
kumari

एसियाली खेलकुदमा कास्य जितेको कबड्डी टिमका १२ खेलाडीले जनही तीन लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार प्राप्त गर्नेछन्। कबड्डी टिमले कुल ४८ लाख १० हजार नगद प्राप्त गर्नेछन्। 

त्यस्तै, चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार प्राप्त गर्नेछन्।
 

प्रकाशित: May 09, 2024| 18:38 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्