आइतबार, साउन १०, २०८३

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । 

सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सोमबार बिहान ३ बजे भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।