काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग बुधबार भेट गर्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोलीले अमेरिकासँग दुई पक्षीय सम्बन्धको समीक्षा गर्ने पनि जनाइएको छ । उनले अमेरिका रहँदा ह्वाइट हाउस, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड), र मिलेनियम च्यालेन्ज सहयोग कार्यक्रमलगायत निकायका उच्च अधिकारीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले अमेरिका प्रस्थान गर्नुअघि नेपाली कूटनीतिज्ञहरूसँग छलफल गरेका थिए । छलफलमा कूटनीतिज्ञहरुले पछिल्लो समय अमेरिकाको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। उनीहरुले भनेका छन् –अमेरिकाले अब भारतको आँखाबाट नेपाललाई हेर्दैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४