शुक्रबार, पुस ११, २०८२

कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

National life

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भएपछि प्रदेश प्रमुख खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन्।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिएका छन्।

कार्की संसद्को यो कार्यकालमा छैटौं मुख्यमन्त्री हुन्। यसअघि उनी नै २ पटक, २ पटक उद्धव थापा र एक पटक केदार कार्की मुख्यमन्त्री बनिसकेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 09, 2024| 13:59 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्