शुक्रबार, जेठ २२, २०८३

आईपीएलमा लखनउविरुद्ध हैदरावाद विजयी

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ।    

National life

बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो।

हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए।

हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो।

आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए। दोस्रो नम्बरका क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए।

Shivam cement

यो जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। लखनउ छैटौं स्थानमा छ।

लिग तालिकाको पहिलो स्थानमा कोलकाता नाइट्स राइडर्स र दोस्रो स्थानमा राजस्थान रोयल्स् रहेका छन्। पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको अंक समान १६/१६ रहेको छ।

प्रकाशित: May 09, 2024| 06:49 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्