काठमाडौं- पुस १ गते आइतबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।
कांग्रेसको बन्दसत्र : नेतृत्वप्रति यसरी खनिए प्रतिनिधिहरू
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा प्रतिनिधिहरूले नेतृत्वप्रति चर्को गुनासो, आक्रोस र असहमति पोखेका छन्। आइतबारको बन्द सत्रमा चार मिनेटमात्र बोल्न पाएका महासमिति सदस्यहरुले नेतृत्वप्रति तिक्ततापूर्ण गुनासो र आक्रोस पोखेका हुन्।
नेकपामा यसरी अल्पमतमा पर्दैछन् ओली
दुई तिहाइको दम्भ देखाएर सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रै अल्पमतमा पर्ने सम्भावना बढेको छ। अर्का अध्यक्ष प्रचण्ड पूर्व एमाले नेतालाई प्रयोग गरेर ओलीलाई अल्पमतमा पार्न सक्रिय रहेको नेकपा निकट स्रोतले जानकारी दियो।
राष्ट्रपतिका लागि आयो डेढ अर्बको हेलिकोप्टर
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि खरिद गरेको हेलिकोप्टर काठमाडौं आइपुगेको छ । इटालीमा बनेको अगुस्टा नामक उक्त हेलिकोप्टरको मूल्य एक अर्ब ५० करोड रुपैयाँ बढी रहेको नेपाली सेना स्रोतले जनाएको छ ।
यस्तो छ वामदेवको अलग्गै प्रतिवेदन : ओली दुवैतिर असफल
नेकपाका सचिवालय सदस्य वामदेव गौतमले नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढेको र सरकार समेत असफल बन्दै गएको आरोप लगाएका छन् ।
योगेश भट्टराईले घरभाडाको ९० हजार फिर्ता गर्ने
नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको पैसा फिर्ता गर्ने बताएका छन् ।
शिशिर प्रधानमन्त्री कार्यालयमा, लालशंकर अर्थमा
सरकारले दुई सचिवको सरुवा गरेको छ । अर्थमन्त्रालयको राजश्व सचिवका रुपमा कार्यरत शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ भने, प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेलाई अर्थमन्त्रालय लगिएको छ ।
सुनुवाई समितिले माग्यो जबराको विषयमा उजुरी
भावी प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबराको विषयमा संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गरेको छ।
कांग्रेस महासमितिमा हिन्दू राष्ट्र प्रवेश
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दू राष्ट्रको मुद्दाले प्रवेश पाएको छ।
कांग्रेसमा थपिए ६ महासमिति सदस्य
नेपाली कांग्रेसले महासमिति सदस्यमा ६ जना थप गरेको छ। विनोद चौधरी, अनिल रूंगटा, स्वर्णिम वाग्ले, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ र सुरेन्द्र चौधरीलाई कांग्रेसले महासमिति सदस्यमा थप गरेको हो।
पहिलो दिन नै दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले नेप्से परिसूचक बढेको छ। शेयर बजारमा आएका अधिकांश समूहको परिसूचक बढ्दा साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.८९ अंकले बढेर एक हजार १६७.६७ बिन्दुमा पुगेको छ।
भैरहवालाई पराजित गर्दै ललितपुर क्वालिफायरमा
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भैरहवा ग्लाडीयटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रीयट्स इपिएलको क्वालिफायरमा प्रवेश गरेको छ ।
कतार विश्वकपको फाइनल खेल हुने रंगशाला सार्वजनिक
सन् २०२२ मा हुने करतार विश्वकपको फाइनल खेल हुने रंगशाला सार्वजनिक भएको छ । कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन सार्वजनिक गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४