फाइल स्केच
धनगढी-धनगढीमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिप्परको ठक्करबाट धनगढी उपमहानगरपालीका वडा नम्बर ५ का ६७ वर्षीय दुर्गाप्रसाद जोशीको मृत्यु भएको हो ।
उनलाई पिपल चौतारा नजिकै से १ क ८७२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट गम्भीर घाईते जोशीको उपचारका क्रममा धनगढी स्थित सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ठक्कर दिने टिप्पर र चलक गौरीगंगा नगरपालीका ६ का अशोक रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सीनाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४