आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गौरीकलाको बलात्कारपछि हत्याः दोषीलाई जन्मकैदको फैसला

गौरीकलाको बलात्कारपछि हत्याः दोषीलाई जन्मकैदको फैसला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-बलात्कारपछि हत्या गरिएकी सुर्खेत पञ्चपुरी-३ की गौरीकला रोकायका अभियुक्तलाई जन्मकैदको फैसला भएको छ। 

जिल्ला अदालत सुर्खेतलका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको हो । हत्यामा संलग्न सुर्खेत पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र दैलेखका हरिप्रसाद कोइरालालाई अदालतले जन्मकैदको फैसला गरेको हो । 

लक्ष्मी र खुमप्रसाद एउटै घरका दाजुभाई हुन भने कोइराला अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी थिए । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै जन्मकैद भएको अदालतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए । 

दोषी तीनै जनालाई २० वर्ष कैद र मृतकका हकवालाले एकलाख रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला अदालतले जनाएको छ । साथै मुलुकी ऐन जवरजस्ती करणी महलको दफा १ र ३ नम्बरको कसुरमा दफा ३ (४) को उपदफा ३ ‘क’ अनुसार ७ वर्ष कैद र थप ५ वर्ष सजाय अदालतले तोकेको छ । 

अभियुक्तलाई मुलुकी ऐन कतव्र्य ज्यान सम्बन्धी महलको दफा १ र १३ को उपदफा ३ बमोजिम कसुर पुष्टि हुन आएकाले सो महलक बमोज जन्मकैदको सजाय सुनाइएको हो ।

गौरीकलालाई एसईई परीक्षा केन्द्र बाबियाचौर नजिकै गत चैत्र १३ गते बलात्कारपछि हत्या गरिएको थियो । हत्यापछि उनीहरु बिरुद्ध २०७५ बैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।