आइतबार, साउन १०, २०८३

शिशिर प्रधानमन्त्री कार्यालयमा, लालशंकर अर्थमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-सरकारले दुई सचिवको सरुवा गरेको छ । अर्थमन्त्रालयको राजश्व सचिवका रुपमा कार्यरत शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ भने, प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेलाई अर्थमन्त्रालय लगिएको छ । 

प्रधानमन्त्री कार्यालयमा पुगेका राजश्वसचिव ढुंगानालाई एक कार्यक्रमकाबीच अर्थमन्त्रालयबाट बिदा गरिएको छ । उनी सोमबारदेखि प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा हुनेछन् । 

अर्थमन्त्रालयकै वैदेशिक आर्थिक सहायता समन्वय महाशाखामा कार्यरत घिमिरे तत्कालिन अर्थमन्त्री वर्षमान पुनको पालामा अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालय पुगेका थिए । 

अर्थमन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानाको सरुवाले आफ्नो एउटा हात कमजोर भएको बताएका छन् । उनले अर्थमन्त्रालयमा रहँदा ढुंगानाले राजश्व सुधारमा खेलेको भूमिका प्रशंसनीय रहेको बताएका थिए । 

कार्यक्रममा अर्थसचिव राजन खनालले अर्थमन्त्रालयले ढुंगानाको अभाव सँधै महसुस गर्ने बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।