बुधबार, असार ३, २०८३

आईपीएलमा दिल्लीसँग राजस्थान पराजित

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।

National life

मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो। यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ।

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले ८ विकेट गुमाएर २०१ रनमात्रै बनाउन सक्यो।

यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा २२१ रन बनाएको थियो।

यो जितसँगै दिल्ली १० अंकका लखनउलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ। पराजित भए पनि राजस्थानमा भने १६ अंकका साथ दोस्रो स्थानमै छ। समान १६ अंक भएको कोलकाता नाइटराइडर्स नेट रनरेटका आधारमा पहिलो स्थानमा छ।

Shivam cement

प्रकाशित: May 08, 2024| 07:28 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्