आइतबार, साउन १०, २०८३

सुनुवाई समितिले माग्यो जबराको विषयमा उजुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – भावी प्रधानन्यायाधीशका लागि सिफारिस भएका चोलेन्द्र शमशेर जबराको विषयमा संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गरेको छ। 

संवैधानिक परिषद्बाट सिफारिस भएका जबराको संसदीय सुनुवाइका लागि आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले सोमबारबाट १० दिने समय सिमा तोक्दै उजुरी माग गर्ने निर्णय गरेको हो। 

गत विहीबार बसेको संवैधानिक परिषद्को बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको र सुनुवाइका लागि समितिलाई पत्राचार गरेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णका उक्त पत्रका आधारमा समितिले उजुरी माग गर्ने निर्णय गरेको हो।

जबरा विरुद्ध उजुरी परेपछी प्रस्तावित व्यक्तिले जवाफ दिएपछि स्वीकृत वा अस्वीकत के गर्ने भनेर समितिले निर्णय गर्नेछ। समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ।  सुनुवाई समितिले अनुमोदन गरेमा जबरा सर्वोच्चको २८औं नेतृत्वमा पुग्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।