काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको पैसा फिर्ता गर्ने बताएका छन् । उनले सचिवालयबाट घरभाडाबापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने एक विज्ञप्तीमार्फत जानकारी गराएका छन्।
उनले जाारी गरेको विज्ञप्तिमा भनिएको छ ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महनिाको रु ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु।’
उनका अनुसार संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन्।
सांसद भट्टराईले संसदीय क्षेत्रमा अनुभव कमि तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुखी भएको पनि उनले बताए ।
उनले लामो राजनीनितिक यात्रा तय गरेर हिँडेको भएकाले पनि कुनै गैरकानुनी तथा गलत आचरणाका काम आफूबाट नहुने प्रतिवद्धता पनि गरेका छन्।
नेता भट्टराइले जारी गरेको विज्ञप्ती
