बिहीबार, असोज २, २०८२

आईपीएलमा बैंग्लोरको लगातार तेस्रो जित

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ- कप्तान फाफ डु प्लेसिस र विराट कोहली ब्याटबाट चम्केपछि रोयल च्यालेन्जर्स बैंग्लोरले गुजरात टाइटन्सलाई चार विकेटले हराएको छ।

Kumaribank

बैंग्लोरको यो लगातार तेस्रो जित हो। यससँगै टिमको प्ले–अफ खेल्ने झिनो सम्भावना कायम राखेको छ।

जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरका लागि प्लेसिसले ६४ र कोहलीले ४२ रन बनाए। उनीहरूले ३५ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारे।

गुजरात १९.३ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भएको थियो। यो जितपछि बैंग्लोर सातौं स्थानमा उक्लेको छ भने गुजरात नवौं स्थानमा झरेको छ।
 

प्रकाशित: May 05, 2024| 07:03 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्