शनिबार, पुस १२, २०८२

टिकटक स्टारको गोली हानी हत्या

 |  आइतबार, वैशाख १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १६, २०८१

इराककी टिकटक स्टार घुफ्रन सावदीको गोली हानी हत्या भएको छ। उम फहदको नामले चिनिने उनीमाथि बग्दादस्थित घरमै गोली प्रहार भएको हो।

National life

प्रहरीका अनुसार गत शुक्रबार राति उनको हत्या भएको हो। उनको हत्याको विवरण सर्भिलेन्स क्यामरामा कैद भएको छ, जसमा एक बन्दुकधारी मोटरसाइकलमा गएर गोली हानेको देखिन्छ। सावदीको घटनास्थलमा नै मृत्यु भएको सीएनएनले जनाएको छ।

सावदीले पप म्युजिकमा डान्स गरिरहेको भिडियो टिकटकमा सार्वजनिक गर्ने गरेकी थिइन्। इराकी न्यायपालिकाले त्यस खालको भिडियो इराकी समाजमा उपयुक्त नहुने जनाउँदै सावदीलाई ६ महिनाको जेल सजाय समेत सुनाएको थियो।

यसअघि अर्का टिकटकमा प्रख्यात व्यक्ति नूर अल्साफरको पनि सेप्टेम्बर २०२३ मा गोली हानी हत्या भएको थियो।

प्रकाशित: Apr 28, 2024| 09:02 आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्